धनगढी, २० असार । धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा विवाद सिर्जना भएको छ । बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि विवाद उत्पन्न भएको हो ।
मेयर गोपाल हमालले आफूसँग समन्वय नगरेको भन्दै उपमेयर कन्दकला रानाले गुनासो गरेकी थिइन् । तर, हमालले भने बजेट निर्माणमा उपमेयरको पनि भूमिका रहेको जिकीर गरेका थिए ।
यस्तै कर्मचारीले पनि आफूलाई हेप्ने गरेको उपमेयर रानाले गुनासो गरेकी छन् । रानाले नगरसभा नचल्न दिने चेतावनी दिएकी छन् । उनको चेतावनीपछि एमाले र माओवादीबाट निर्वाचित नगरसभा सदस्यहरुले कुर्सी फालाफाल गरेका थिए । काँग्रेस पक्षले भने मेयर बजेट पुस्तिकामा समर्थन जनाएको छ ।
१९ वटा वडा रहेको यो उपमहानगरपालिकामा उपप्रमुखसहित ६ वटा वडामा एमाले, काँग्रेसले ११ वटा वडामा र माओवादीले २ वटा वडामा जितेको छ ।