भारतीय व्यापारीको अवैध कारोबार, ५० लाख ठगेर बेपत्ता


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
भारतीय व्यापारीको अवैध कारोबार, ५० लाख ठगेर बेपत्ता

बैतडी,१९ असार। नेपालका कतिपय व्यक्ति भारतमा गएर व्यवसाय गर्छन भने भारतका व्यक्ति पनि नेपालमा आएर विभिन्न ठाउँमा व्यवसाय गरिरहेका छन् । व्यवसाय गरेर दैनिक जीवनयापन गर्नु राम्रो पक्ष हो ।तर, कतिपय राम्रै व्यवसाय गरिरहेका देखिने व्यक्ति अवैध धन्दामा समेत संलग्न भएको पाइन्छ । उनीहरू मध्येका केही व्यक्ति आफ्नो देशमा आपराधिक कृयाकलाप गरेका भगौडाको सूचीमा समेत परेका छन् ।

बैतडीमा १५ वर्ष बसेर विभिन्न व्यवसाय गरेका एक भारतीय व्यापारी गुल्फाम ५० लाखभन्दा बढी रकम ठगेर एक वर्षदेखि फरार छन्। भारतमा रुई कम्पनी लिलाम भइरहेको र आफूले किन्ने भन्दै चार वर्षअघि बैतडी व्यक्तिहरूबाट ५० लाख ऋण निकालेर लगेका उनले कसैलाई पैसा फिर्ता दिएका छैनन् ।गुल्फामले बैतडीमा सैलुन, श्रृंगार, खेलौना, सिरक र मोबाइल पसल सञ्चालन गरेको थिए । गुल्फामले एकै जनाबाट १९ लाख रकमसम्म लिएका छन् । आफ्नो पाँच लाख रकम ठगेको युनिक सिलाई सेन्टर गोठलापानीका सञ्चालक दिनेश सिनालले बताए ।पाँच लाखको आफूले बैंकलाई करिब चार लाख व्याज मात्र तिरिसकेको, तर आफ्नो पैसा उठ्ने अत्तोपत्तो नभएको सिनाल बताउँछन् ।

बैतडीमा रहँदासमेत गुल्फामले जुवा तास खेल्ने र खेलाउने गरेका थिए । उनले बैतडीकै युवतीसँग विवाह गरे । अहिले दुवैजना फरार छन् । यस विषयमा प्रहरीमा भने मौखिक जानकारी मात्र आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए ।हालै दशरथचन्द नगरपालिका–४ गोठलापानी बजारस्थित राम मन्दिरको प्रतिक्षालयमा भारतको पिलिभितका सगीर अहमतले कपडा पसल थापेका छन् । गत हप्ता थापिएको उक्त पसल कतै पनि दर्ता गरिएको छैन भने दर्ताको प्रक्रियामा पनि छैन । तर, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिश चन्दलाई सोधेर पसल थापेको व्यापारी बताउँछन् ।