काठमाडौं,१९ असार । पछिल्लो २४ घण्टामा देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १ सय ६२ जनाको पीसीआर परीक्षणमा ३९ जना र ९ सय ५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट २० जना निको भएका छन् भने हाल देशभर ३ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३ सय २९ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा छन् । मन्त्रालयका अनुसार १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३ सय १४पुगेको मन्त्रालयले जनाएको छ ।