बाजुरा,१६ असार। बाजुराको स्वामिकार्तिक १ मुक्तिकोटको माझगाउँ पहिरोले गाउँ नै चिराचिरा भएपछि ५१ परिवार उच्च जोखिममा परेका छन्। गत कार्तिक १ गते देखी आएको बेमौसमी अबिरल बर्षाका कारण गाउँ नै चिराचिरा हुदा स्वामिकार्तिक खापरगाउँपालिका १ मुक्तिकोटको माझगाउँका ५१ परिवार उच्च जोखिममा रहेका हुन्। स्थानिय लंक बहादुर बिकले हिउँदको समयमा खासै त्यति जोखिम नभएपनि बर्षा शुरु भए लगतै पुरै गाउँ जोखिममा रहेको वताए ।
गाउँको तल र माथि पहिरो रहेको छ भने गाउँ पुरै चिरा चिरा परेको छ, घाम लागेको दिनमा मात्र घर बस्ने गरेका छन्, उनले भने। पानि परेको दिनमा भने गाउँनै खालि गरेर नजिकै रहेको मुक्तिकोट प्राबिमा गएर बस्ने गरेका छन् । गत बर्ष गाउँको बिचमा पहिरो गएको थियो, भने गाउँ नै चिराचिरा परेको स्थानियले वताएका छन् । घर मात्र रहेका जमिन पुरै चिराचिरा परेको र केही परिवार राति गाउँ नजिकै रहेको बिद्यालयमा बास बस्ने गरेका छन् ।
बाजुराको स्वामिकार्तिक १ मुक्तिकोटको माझगाउँ सबै भन्दा दुर्गम गाउँ र सबै भन्दा बढी गरिबिको मार खेपिरहेको गाउँ हो । बाह्रै महिना चरम खाद्य संकटको मार खेपिरहेने गाउँ बाढीपहिरोले चरम खाद्य संकट हुने गरेको छ। ५१ परिवारका ३ सय भन्दा बढी स्थानिय समस्या परेको गाउँपालिकाले वताएको छ । गाउँमा वालवालिका, महिला, बयबृद्ध, लक्षित वर्ग निकै समस्या परेका छन् । आकासमा कालो बादल लाग्ने बित्तिकै घर छोडेर बिद्यालय तथा खुला चौरमा जाने गरेको गाउँपालिका सुचना अधिकारी कुबेर शाहिले वताएका छन् ।
गाउँ पुरै जोखिम भएपनि राहत भने पाउन नसकेको स्थानियले वताएका छन् । जोखिम सबै दलित परिवार नै रहेका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख सुर्य थापाले भने पानि परेको दिनमा केही परिवार बिद्यालयमा बस्न आउने गरेको वताए । गाउँ जोखिममा रहेको थापाले वताए । गतबर्ष गाउँनै पुरै पहिरो जोखिममा रहेको खबर पछि तत्कालिन प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक मदनजित महरा सहितले स्थलगत अनुगमन गरेका छन् । जिल्ला प्रशासन कार्यलयले सम्बन्धित निकायमा लेखेर पठाएको थियो । पुर्नस्थापना गर्न संघ सरकार, प्रदेश सरकारले नै लाग्नु पर्ने रहेको प्रशासनले वताएको छ ।