अटो र मोटरसाइकल एक आपसमा ठोक्किदा ५ जना घाइते


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
अटो र मोटरसाइकल एक आपसमा ठोक्किदा ५ जना घाइते

बैतडी, १५ असार। बैतडीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किदा ५ जना घाइते भएका छन् । बुधबार दिउसो महाकाली राजमार्गको डिलाशैनी गाउपालिका( ६ को बांङ्गाबगरमा अटो र मोटरसाइकल ठोक्किएका हुन् ।सुप प्रदेश ०२००३ प नम्बरको मोटरसाइकल र सुप प्रदेश ०१००१ ह ४९६७ नम्बरको अटो ठोक्किदा दुर्घटनामा परी अटो र मोटरसाइकल चालक र अटोमा सवार ३ जना यात्रु गरी ५ जना घाइते भएका प्रहरीचौकी गोकुलेश्वरका इन्चार्ज नरेन्द्र धामीले बताए।

घाइते हुनेमा दार्चुलाको लेकम १ का ३२ वर्षका मानसिंह कार्की , उनकी ३० वर्षकी श्रीमती भागरती कार्की , बैतडीको दोगडाकेदार गाउँपालिका १ का ५० वर्षका खुईले भुल , डिलाशैनी ६ का ४० वर्षका अटो चालक मनोरथ नाथ र मोटरसाइकल चालक डिलाशैनी ६ कै भरत माल छन् ।उनका अनुसार घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था खतरामुक्त्त रहेको उनले बताए।