टीकापुर घटनाको समाधान राजनीतिक रुपमा गर्न माग


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
टीकापुर घटनाको समाधान राजनीतिक रुपमा गर्न माग

धनगढी, १५ असार । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले टीकापुर घटनाको समाधान राजनीतिक तवरबाट गर्न माग गरेका छन् । 
उनले टीकापुर घटना राजनीतिक रहेको भन्दै राजनीतिक तवरबाट नै समाधान गर्न माग गर्दै बुधबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । २०७२ सालमा थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुर घटना घटेको थियो । सो घट्नामा हिंसात्मक झडप हुँदा आठ सुरक्षाकर्मीसहित एक बालकको ज्यान गएको थियो । घटनामा दोषी ठहर भइ निलम्बित सांसद रेशम चौधरीसहितका व्यक्तिले जेल जीवन बिताइरहेका छन् । 
टीकापुर घटनाको प्रतिशोधमा भदौ ८ गते थारु समुदायका व्यापारिक फर्म, घर जलाइनुका साथै लुटपाट गरिएको थियो । ८ गतेका घटनाका दोषीमाथि कारबाही भएको छैन । काठमाण्डौं पुगेर टीकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्न माग गरेका थारु रेशमको संरक्षकत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीबाट टीकापुरको मेयरमा निर्वाचित भएका हुन । 
यसैगरी, उनले टीकापुर क्षेत्रको विभिन्न समस्याका बारेमा पनि ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गरि दिन मन्त्रीलाई आग्रह गरेका छन् । मेयर डङ्गौराले सोही माग राख्दै अरु मन्त्रीहरुलाई पनि ज्ञापनपत्र बुझाएका छन् ।