काठमामाडौं, १५ जेठ/बुधबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १०० रुपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य तोलामा एक हजार २४० रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।