बिबाह गरेको दुई महिनामै अस्ताए कञ्चनपुरका २७ बर्षिय श्याम भट्ट !


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
बिबाह गरेको दुई महिनामै अस्ताए कञ्चनपुरका २७ बर्षिय श्याम भट्ट !

बेलौरी, १४ असार/ कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका ९ का २७ बर्षिय श्यामदत्त भट्टको सोमबार साझ उपचारका क्रममा मृत्यु भएको हो ।

आफ्नो घरको धारामा जडान भएको मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका भट्टको इसान अस्पताल बेलौरीमा उपचारका क्रममा सोमबार साझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

कलिलो उमेरमै छोरा गुमाउदा परिवारको बिचल्ली भएको छ । भट्टको बैशाख १३ गते बिबाह भएको थियो ।