बेलौरी,१४असार / कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका, ६ प्रतिभानगरका ३६ वर्षीय देवेन्द्र श्रेष्ठको मङ्गलवार बिहान मृत्यु भएको हो ।
बिहान परेको चट्याङमा परेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ । अहिले सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ ।