किनमेलका लागि भारतीय बजार जाँदै गरेका दुई महिलामाथि सामूहिक बलात्कार


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
किनमेलका लागि भारतीय बजार जाँदै गरेका दुई महिलामाथि सामूहिक बलात्कार

बेलाैरी, १३ असार । नेपाल–भारत सीतावर्ती दाङ देउखुरीको राजपुरका दुई नेपाली महिलामाथि भारतीय क्षेत्रमा सामूहिक बलात्कार भएको छ । किनमेलका लागि भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका एक युवती र एक महिला भारतीय नागरिकबाट हिजाे आइतवार दिउँसाे बलात्कृत भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बलात्कार गर्नेहरूलाई भारतीय प्रहरीले पक्राउ गरी कारबाही थालेको दाङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले केहीबेर अघि जानकारी दिनुभयो । राजपुरका महिलाहरू नेपालबाट भारतको मनीपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जङ्गलमा भारतीय युवाको समूहले बलात्कार गरेको डीएसपी रिजालले जानकारी दिनुभयो । ६ जना महिला भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएका र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउँदै सामान लुटपाट गरेको प्रहरीको भनाइ छ ।

पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले त्याे घटना भारतीय प्रहरीले अनुसन्धान कार्य अघि बढाएको जानकारी आफूहरूलाई प्राप्त भएको डीएसपी रिजालले बताउनुभयो । पीडित नेपाली पक्षले भारतीय प्रहरीमा जाहेरी दिइसकेका छन् । भारतीय प्रहरीले अनुसन्धानका लागि चार जना पक्राउ गरेको जानकारी दिएको डीएसपी रिजालले बताउनुभयो  ।

नेपाल–भारत सीमा क्षेत्र राजपुरका धेरै बस्तीका मानिसहरू अहिले पनि किनमेलका लागि जङ्गलको बाटो हुदै भारतीय बजारमा जानुपर्ने बाध्यता छ ।