कटैनी नदीको बाढीले बगायो काठे पुल


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
कटैनी नदीको बाढीले बगायो काठे पुल

धनगढी, १२ असार । कटैनी नदीमा आएको बाढीले काठे पुल बगाएको छ । कैलारी गाउँपालिका–७ छटकपुर बसन्तामा रहेको काठे पुललाई बाढीले बगाएको हो । एक्कासी आएको बाढीले पुल बगाएको स्थानीयले जानकारी दिएका छन् ।
सुख्खाका कारण वैशाखबाटै सो नदी सुकेको थियो । तर, शनिबार राति कैलालीको चुरे क्षेत्रमा वर्षा भएपछि एक्कासी आएको बाढीले काठको पुल बगाएको छटकपुर बसन्ताका स्थानीय जीया चौधरीले जानकारी जानकारी दिए । पुल बगेपछि स्थानीयलाई ओहोरदोहोर गर्न समस्या भइरहेको जनाइएको छ । छटकपुर बसन्ता गाउँवासीले ओहोरदोहोर गर्नका लागि आफै नदीमा काठे पुल बनाएका थिए । गतवर्ष कटैनी नदीमा आएको बाढीले बड्का बसन्तामा रहेको काठे पुल बगाएको थियो ।