दोदा नदीमा झोलुङ्गेपुल निर्माण, स्थानीय लाभान्वित


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
दोदा नदीमा झोलुङ्गेपुल निर्माण, स्थानीय लाभान्वित

कञ्चनपुर, १२ असार । कञ्चनपुरमा फेरी दोस्रो लामो झोलुङ्गेपुल निर्माण भएको छ । दोदा नदीमा ४ सय ६० मिटर लम्बाईको झोलुङ्गे पुल निर्माण भएको हो । लालझाडी गाँउपालिकालाई सिधै जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने उदेश्यका साथ चार बर्ष अघि देखि निर्माण गरिएको थियो । स्थानीयको माग एव आवश्यकता अनुसार पूर्वाधार विकास कार्यालय मार्फत पुल निर्माण कार्य अघि बढेको थियो ।

 पूर्वाधार विकास कार्यालय कञ्चनपुरका ईन्जिनियर तथा सुचना अधिकारी हेमराज भट्टले दोदा नदि स्थित सिकलपट्टी र डाँगाजाई जोड्ने गरी झोलुङ्गे पुल निर्माण गरिएको बताए । वारी र पारीका स्थानीयको आवश्यकता अनुरुप पुल निर्माण भएको प्रवक्ता भट्टले बताए । पारीतर्फका स्थानीयलाई बेलौरी–कलुवापुर हुँदै सिधै सदरमुकाम आउन अब थप सहज भएको बताए । 

 ‘निर्माण कार्य सम्पन्न भईसकेको छ, ‘उनले भने, ‘निर्माण कम्पनीले कार्यालयलाई औपचारिक हस्तान्तरण गर्न बाँकी छ ।’ सुचना अधिकारी भट्टले खाम्पाचे–थामी जेभीले उक्त पुल निर्माणको जिम्मा पाएको बताए । झण्डै ५ करोड ४० लाख, ७१ हजार बरबर लागतमा पुल निर्माण भएको छ । १.२० मिटर चौडाई सहित २ स्पान(टावर) निर्माण भएका छन । 

६ जेठ ०७६ देखि शुरु भएर ५ जेठ ०७९ मा आएर निर्माण सम्पन्न भएको सुचना अधिकारी भट्टले बताए । यस अघि महाकाली नदीमा १४ सय ५२.९६ मिटर लम्बाईको दोधाराचाँदनी जोड्ने पुल निर्माण भएको थियो । दोदा सहित कञ्चनपुरका अन्य साना ठुला खोला नालाहरुमा निर्माण भएका दर्जनौँ झोलुङ्गेपुल पनि ३०मिटरदेखि २सय मिटरसम्मकै मात्रै निर्माण भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दोदा नदीका कारण हरेक बर्ष बर्षातमा बढि जोखिम र अन्य समयमा समेत जोखिम मोलेर स्थानीयले वारीपारी गर्दै आएका थिए ।

स्थानीय पदम रानाले पुल निर्माणसंगै आवत जावतमा सहजता मात्रै होईन थप सुविधा ल्याएको बताए । ‘दोदामा विभिन्न स्थानमा झोलुेङ्गे पुल यस अघि पनि बनेका थिए, ‘उनले भने, ‘तर हाम्रो गाँउ भएर सिधै अर्को गाँउ जोड्ने यो पहिलो पुल हो, हामी खुसी छौँ ।’ गत बर्ष बाढीले एक पिलर नै बगाएपछि पुलको लम्बाई बृद्धि गरिएको हो । अहिले नदीले कटानी गरेको वारीदेखिपारीसम्म पुल निर्माण गरिएको स्थानीय बताउँछन । 

अर्की स्थानीय हरिना रानाले पुल नहुँदा ज्यान जोखिममा राखेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको बताईन । ‘बर्षातमा त झनै जोखिम हुन्थ्यो, ‘उनले भने, ‘अन्य समयमा समेत नदीमा पुरै बालुवा भएकाले जोखिम हुन्थ्यो, तैपनि हामीहरु दैनिक आफ्ना समाजिक कामकाज गर्नका लागि नदी तर्दै अर्को गाँउ जान्थे ।’ पुल निर्माण भएसंगै आफुरुलाई सुविधा पुगेको अनुभव पोखिन । 

 निर्माणाधिन पुल सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसी भट्टराई, पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दिपक नेगी सहितका सम्वन्धीत कार्यालय प्रमुख एव कर्मचारी टोलीले स्थलगत अनुगमन समेत गरिसकेका छन ।