सार्वजनिक सवारी साधनको भाडादर घट्ने


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
सार्वजनिक सवारी साधनको भाडादर घट्ने

काठमाडौं  ११ असार /सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ। 

यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गर्ने भएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले समायोजनको दर आइतबार सार्वजनिक गरिने जानकारी दिए।११,

महानिर्देशक घिमिरेका अनुसार कार्यालय समय खुल्ने बित्तिकै अन्तर प्रदेशमा चल्ने  सवारीको नयाँ भाडादर सार्वजनिक गरिने बताए। सरकारले शनिबारका दिन पेट्रोलियम पदार्थको मूल्य घटाएकाले विभागले आइतबार मात्र समायोजनबारे निर्णय गर्न लागेको महानिर्देशक घिमिरेको भनाइ छ। 

सरकारले शनिबार पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ। सरकारले घटाएको मूल्य शनिबार राति १२ बजेदेखि लागू भएको छ।

यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो।