काठमाण्डौ, १२असार /पछिल्लो २४ घन्टामा आज देशभर थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा एक हजार ८ सय २ जनामा गरिएको परीक्षणमा २७ जना संक्रमित भेटिएका हुन् ।
यस्तै आज १६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयको विवरण अनुसार हाल देशभर १ सय ८८ जना सक्रिय संक्रमित रहेका छन् ।
हाल देशभर ९७ प्रतिशतले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।