इन्धनको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिको निर्देशन


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
इन्धनको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं, १० असार। प्रतिनिधिसभाको एक उपसमितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्र्तगतको बजार अनुगमन उपसमितिले शुक्रबार यस्तो निर्देशन दिएको हो । प्रकाश रसाइली संयोजक रहेको उपसमितिले इन्धनका कारण जनजीवन महँगीदा उपभोक्ता मारमा परेको निष्कर्ष निकालेको हो ।

इन्धनको मूल्य घटाएर उपभोक्तालाई राहत दिने सम्बन्धमा शुक्रबार निगमका अधिकारीसँग उपसमितिले छलफल गरेको र यस्तो निर्देशन दिएको उपसमितिका एक सदस्यले बताए ।

इन्धन महँगो हुनुमा कर पनि एउटा कारण भएको निश्कर्ष उपसमितिले निकालेको ति सदस्यले बताए । छलफल पछि उपसमितिले अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमलाई लिखित निर्देशन दिदैं इन्धनको कर ५० प्रतिशत घटाउन भनेको छ ।