७ गोरुगाडा सहित ३० थान सालका गोलिया बरामद


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
७ गोरुगाडा सहित ३० थान सालका गोलिया बरामद

धनगढी १० असार । कैलालीको बर्दगोरिया गाउँ पालिका वडा ३ रानिकुन्डाको खल्लाखेतबाट गोरु गाडा सहित ३० थान सालका गोलिया बरामद गरिएको छ । शुक्रबार बिहाने ७ गोरु गाडामा लोड गरेर अबैध रुपमा लुकाईछिपाई लाग्दै गरेको अबस्थामा सालको गोलिया बरामद गरिएको हो ।
सब डिभिजन बन कार्यलय बर्दगोरिया र सब डिभिजन बन कार्यलय साडेपानीको सयुक्त गस्ती टोलिले लुकाइछिपाइ गरि ल्याउदै गरेको अबस्थामा ७ वटा गोरुगाडा सहित ३० गोलिया सालका दुई सय १९ क्युफिट सहित ३ जनालाइ प्रकाउ परेको सब डिभिजन बन कार्यलय बर्दगोरियाका सहायक बन अधिकृत गौचरन चौधरीले जानकारी दिए ।
गस्ती टोलिले बर्दगोरिया वडा ६ बिसालनगर बस्ने ४० वर्षिय दिर्घ बिक, ३८ वर्षिय रमेश बिक र ३६ वर्षिय अर्जुन बिक लाई गोरुगाडामा काठ सहित प्रकाउ गरेको हो । बाकी ४ जना भने फरार रहेका चौधरीले जानकारी दिए ।
सयुक्त गस्ती टोलिले बरामत गरियोको काठ, गोरुगाडा सब डिभिजन बन कार्यलय बर्दगोरिया कम्पाउन्ड घाटगद्यी गरिएको छ । पक्राउ परेको तीन जनालाइ थप कानुनी कारबाहीका लागि धनगढी ल्याइएको छ । अन्य फरार भएको चार व्यक्तीहरु नियन्त्रण गर्न घटनाको अनुसन्धान टोली खटिएको डिभिजन बन कार्यलय पहलमानपुर प्रमुख गोकुल रिजालले बताए ।