धनगढी उपमहानगरले ल्यायो १ अर्ब ८३ करोडको बजेट


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
धनगढी उपमहानगरले ल्यायो १ अर्ब ८३ करोडको बजेट

धनगढी, १० असार । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ। नगर सभाको आठौं अधिवेशनमा उपप्रमुख कन्दकला रानाले १ अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट सार्वजनिक गरेकी हुन्।

१ अर्ब ३ करोड १९ लाख चालुतर्फ र ८० करोड ६९ लाख ५४ हजार पुँजीगततर्फ विनियोजन गरिएको उपप्रमुख रानाले जानकारी दिइन्। चालु वर्षको भन्दा एक करोड ६ लाख ३१ हजार बढाएर बजेट ल्याइएको हो।

उपमहानगरपालिकाले आन्तरिकतर्फ २६ करोड ७९ लाख २४ हजार, राजश्व बाँडफाँडतर्फ ४७ करोड २९ लाख ३३ हजार, संघिय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९६ करोड ४८ लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ३५ करोड ३४ लाख पाँच हजार र सरी आएको १० करोड रकमलाई आयतर्फ विनियोजन गरेको छ।

उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटमा खर्चको भारलाई घटाउने रणनीति अपनाउने भएको छ । ‘करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्चको भार घटाउने व्यवस्था मिलाइएको छ’ सो वजेट वक्तव्यमा भनिएको छ।