बेलाैरी,९ असार। कञ्चनपुरमा साइकल यात्रीलाई ठक्कर दिई भागेका २ भारतियको साथबाट लागुऔषध फेला परेको छ।
बिहीवार कञ्चनपुरको महेन्द्रनगरदेखि धनगढी आउने क्रममा पूर्वपश्चिम राजमार्ग अन्तगरत डाउना होटल नजिक कारमा सवार उनीहरुले साइकल यात्रीलाई ठक्कर दिएर भाग्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएका कार चालक भारतको शिव दुर्गा बिहार लम्करपुर सुरजकुण्ड फरिदाबाद हरियाणा बस्ने २२ वर्षीया रोहित सिंह र उक्त गाडीमा सवार मानपुर उत्तर प्रदेश बस्ने २३ वर्षीय रजत सिंहको साथबाट लागुऔषध बरामद गरीएको छ । उनीहरुको साथबाट ०.२५ ग्राम खैरो हेरोइन र ४.४८ ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
रोहितले चलाएको भारतीय (डीएल३सीसीएस) ९४७६ नम्बरको कारले बेदकोट नगरपालिका–७ बस्ने १५ वर्षीय साइकलयात्री पदम भट्टलाई ठक्कर दिएको थियो। उनलाई ठक्कर दिएर भाग्दै गर्दा प्रहरी चौकी दैजीबाट खटिएको टोलीले कारलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकाहरुमाथि कानुन बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले बताए। साइकल यात्री भट्टलाई महाकाली अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ।लागुऔषधसहित परेकाहरुमाथी कानुन बमोजिम थप अनुसन्धान भई रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।