कैलालीमा करेन्ट लागेर एकको मृत्यु


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
कैलालीमा करेन्ट लागेर एकको मृत्यु

कैलाली – कैलालीमा करेन्ट लागेर एकको मृत्यु भएको छ जिल्लाको गौरीगंगा नगरपालिका वडा नं ४ सुपारीआम बस्ने अन्दाजी ४५ वर्षिय शारदा देवी जोशीको आज बिहान ५ बजेतिर मोटर चालू गरेर नल्का चलाउन लाग्दा करेन्ट लागेको हो । करेन्ट लागेर भुइँमा लडेको अवस्थामा उहाँकी बुहारीले देखेर चिच्याए पछि आफन्तहरूले जानकारी पाए पश्चात नजिकैको स्वास्थ संस्थामा औषधि उपचार गर्न लिँदा यहाँ उपचार सम्भव छैन उहाँलाई धनगढी लैजानुस् भनेर त्यहाँको स्वास्थ्य कर्मीले जानकारी दिए पछि उहाँलाई धनगढीको नवजीवन अस्पतालमा ल्याई पुर्याउँदा त्यहाँका स्वास्थ कर्मीले उहाँको मृत्यु भइसकेको जानकारी गराए पछि शव पोस्ट मार्टमका लागी सेती प्रादेशिक अस्पतालमा पठाइएको छ साथै वैदेशिक रोजगारीको शिलशिलामा उहाँका श्रीमान भारत र छोरा साउदीमा बस्दै आउनु भएको उहाँका आफन्तहरूले जानकारी दिएका छन् ।