काठमाडौं ९ जेठ/ सरकारले क्याप्टेन दिपुराज ज्वारचनलाई नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको छ। ज्वारचन निगमको अप्रेसन विभाग प्रमुख हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ज्वारचनलाई बिहीबार निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारीको पत्र दिएको छ। ज्वारचनले निगमको एयरबस उडाउँदै आएका छन्।
असार ६ गतेको मन्त्रिपरिषद्को निर्णयले ज्वारचनलाई निगमको निमित्त महाप्रबन्धक बनाउने निर्णय गरेको हो।
निगमका तत्कालीन अध्यक्ष युवराज अधिकारीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मन्त्रिपरिषद्को बैठकले उनलाई जिम्मेवारीबाट निलम्बन गरेको थियो।
आफूसँग ‘पंगा’ लिएको भन्दै पर्यटनमन्त्री प्रेमबहादुर आलेले तत्कालीन निगमका अध्यक्ष अधिकारीलाई बर्खास्त गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए।