तीन जिल्लामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
तीन जिल्लामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप

धनगढी, ९ जेठ/ सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको खोप विरुद्धको खोप दिइँदैछ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेलधुरामा आजदेखि असार १५ गतेसम्म ‘फाईजर–लायोएनटेक’ नामक खोप लगाइने भएको हो। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले ५ देखि १२ वर्ष उमेर समूहलाई लक्षित गरेर खोप अभियान सुरु गर्न लागिइएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने जनाएको छ।

खोप अभियान विद्यालय केन्द्रित हुनेछ। विद्यालय परिचयपत्र, उमेर खुल्ने प्रमाणपत्र र अभिभावकको स्वघोषणालाई आधार मानेर खोप दिइने छ। विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली वा विद्यालयले उपलब्ध गराएको परिचय पत्रलाई खोप दिने आधारका रुपमा राखिएको छ। त्यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाहरूको लागि उमेर खुल्ने परिचय पत्र वा निजको अभिभावकले स्वः घोषणा गरेको उमेर, दोस्रो मात्रा लिनको लागि पहिलो मात्रा लिएको खोप कार्डलाई आधार मानेर खोप अभियान सञ्चालन हुनेछ।

पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाइने खोप शाखाले जनाएको छ। पहिलो चरणमा असार ९ देखि १५ सम्म  खोप अभियान सञ्चालन हुनेछ।