धनगढी, ९ जेठ/- चर्को गर्मीको समयमा अब कैलालीको धनगढीमा बिहिबारदेखि दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले सूचना जारी गर्दै असार ९ गतेदेखि १६ गतेसम्म दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने जानकारी दिएको हो।
वितरण केन्द्रका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट सहिद गेटदेखि क्याम्पस चोकसम्म सडक विस्तारको क्रममा नाला तथा कल्भर्टमा परेका पुराना पोल हटाउन र विद्युत संरचना स्थानान्तरण गर्नका लागि विद्युत अवरुद्ध हुने भएको हो।
हसनपुर फिडरअन्तर्गत पर्ने नेपाल राष्ट्र बैंक आसपासको क्षेत्र र हसनपुरदेखि क्याम्पस चोक आसपासको क्षेत्रमा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म विद्युत अवरुद्ध हुने धनगढी वितरण केन्द्रले जनाएको छ।