बेलौरी, ९ जेठ/ जिल्लामा भैँसीगाडासँग मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुनर्वास नगरपालिका १ का २४ वर्षीय मोटरसाइकल चालक जितराम राना रहेका छन्। त्यस्तै दुर्घटनामा अन्य एकजना घाइते भएका छन्।बुधबार राति ८ः३० बजेको समयमा बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित रामनगरबाट चानदेउतर्फ गइरहेको सुपप्र ०१ ००१ प ८३९ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको भैसीगाडासँग ठोक्किएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।