१४ वर्षीया नातिनीलाई यौन धन्दामा : हजुरआमासहित आरोपी युवक पक्राउ


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
१४ वर्षीया नातिनीलाई यौन धन्दामा : हजुरआमासहित आरोपी युवक पक्राउ

अर्घाखाँची, ८ असार । अर्घाखाँचीमा १४ वर्षीया नातिनीलाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। किशोरीलाई जबर्जस्ती करणी गर्ने युवक पनि समातिएका छन्।

सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया किशोरीलाई करणी गरेको आरोपमा सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपाने पक्राउ परेका हुन्।उनले किशोरीकी हजुरआमा नाता पर्ने महिलासँगको मिलेमतोमा किशोरीलाई विगत एक महिनादेखि करणी गर्दै आएका प्रहरी अनुसन्धानबाट खुलेको छ।

यहि असार ५ गते किशोरीले प्रहरीलाई उजुरी गरेपछि घटना सार्वजनिक भएको हो।प्रहरीका अनुसार गएको जेठ १ गते राति ती महिलाले अभिभावकलाई कुनै जानकारी नगराई विभिन्न प्रलोभनमा पारेर किशोरीलाई घरबाट लिएर गएकी थिइन्। घरबाट लगेपछि उनले किशोरीलाई युवकको जिम्मा लगाएकी थिइन्।

त्यसयता युवकले आफ्नो घरमा र जंगलमा समेत लगेर किशोरीलाई पटकपटक करणी गरेका पाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी अम्बरबहादुर थापाले जानकारी दिए।

त्यसबापत युवकले किशोरी र आरोपी महिलालाई रुपैयाँसमेत दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।पक्राउ परेका युवक र महिलाबिरुद्ध मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।