बेलाैरी, ८ असार । कञ्चनपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गमा तनाव भएको छ। आक्रोशित स्थानीयले बेदकोट नगरपालिका–७ डाउना होटेल नजिक चक्काजाम गर्दै प्रदर्शन गरेका छन्। उनीहरुले मृतका आफन्तलाई क्षतिपूर्तिसँगै दोषीलाई कारबाहीको माग गरेका छन्।
बुधबार बिहान महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८०७५ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री वेदकोट नगरपालिका–७ की २८ वर्षीया विमला जोशीको मृत्यु भएको थियो। उनलाई सडक पार गर्दै गर्दा वेदकोट–७ स्थित पूर्वपश्चि राजमार्गमा बसले ठक्कर दिएको थियो।
बस चालक भीमदत्त नगरपालिकाको वनगाउँका ४० वर्षीय राजेन्द्रप्रसाद जोशीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।