धनगढी, २ जेठ/ १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बुधबार जानकी गाउँपालिका २२ वर्षीय हरि शंकर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जानकारी दिएको छ ।