बेलौरी, २ जेठ/कञ्चनपुरमा लागुऔषधसहित कैलालीका ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कैलालीको लम्कीचुहा नगरपालिका–९ बस्ने २४ वर्षीय कमल बादी, सोही ठाउँ बस्ने २१ वर्षीय बिशाल बादी र सोही नगरपालिका–३ बस्ने २५ वर्षीय ओकेन्द्र बादी रहेका छन् ।
उनीहरुलाई पुनर्वास नगरपालिका–४ कार्गिलडाँडाबाट १ ग्राम १८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, ५ ट्याब्लेट नाइट्राभेट, नगद १२ हजार १८५ र ३७० भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।