थप २५ जनामा कोरोना संक्रमण पुष्टि


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १ असार। पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८५६ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ४९ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने हाल देशभर ९७ जना सक्रिय संक्रमित रहेका छन् ।