धनगढी,१ असार । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेटमा वैकल्पिक सहायक राजमार्ग विकासका लागि ७४ करोड ७० लाख बजेट विनियोजन गरिएको छ ।
बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश रावलले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरिएको बताए ।