सुदूरपश्चिम सरकारले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
सुदूरपश्चिम सरकारले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट

बेलाैरी, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गरेका हुन् । सरकारले कुल बजेटमध्ये चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार (३३.४६ प्रतिशत) र पूँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपियाँ (६५.७४ प्रतिशत) बजेट विनियोजन गरेको छ ।
यसैगरी, सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब ३६ करोड ४० लाख (३.७१ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रुपियाँ (०.८२ प्रतिशत) बजेट विनियोजन भएको मन्त्री रावलले बताए ।सुदूरपश्चिम प्रदेश सरकारले पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ । बुधबार अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । उनले आमसञ्चार एवम् पत्रकारिता क्षेत्रको क्षमता विकास, मिडिया सेन्टरको भवन निर्माण, पत्रकार महासंघ अछाम र बझाङको भवन निर्माण, एफएम रेडियोलाई पूँजीगत अनुदान, पत्रकारको स्वास्थ्य उपचारको लागि अक्षयकोष स्थापना गर्न र लोक कल्याणकारी विज्ञान समेतका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको बताए ।
सुदूरपश्चिम सरकारले कृषि पशुपंछि भूमि व्यवस्थापन तथा सहकारी क्षेत्रका लागि ३ अरब १० करोड ३६ लाख विनियोजन गरेको
छ ।
अगामी आर्थिक वर्ष २०७९–८० को बजेट सुदूरपश्चिम प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले उक्त जानकारी दिएका हुन्।
सुदूरपश्चिम प्रदेश सरकारले खेलकुद संरचना निर्माण गर्न ११ करोड विनियोजन गरिएको छ। बुधबार अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।
अब कञ्चनपुरको भीमदत्तमा बहुउद्देश्यीय कबर्डहल, कैलालीको टीकापुरमा खेलकुद प्रतिष्ठान र डडेल्धुरामा कबर्डहल निमाण गरिने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरेको छ । प्रदेशको निर्वाचन क्षेत्रलाई केन्द्रित गरि बनाइएको सो विकास कार्यक्रमलाई आगामी आर्थिक वर्षबाट खारेज गरेको हो ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरेको जानकारी दिए ।
सुदूरपश्चिम सरकारले सडक पूर्वाधार तर्फ ५ अरब ६० करोड ११ लाख विनियोजन गरेको छ ।
अगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सुदूरपश्चिम प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेशमा सडक, पुल, झोलुङ्गे पुल निर्माणका लागि उक्त रकम विनियोजन गरेको बताए ।
जसअन्तर्गत आगामी आर्थिक वर्ष २२ पुल निर्माण गरिने र प्रदेश गौरवका सडक निर्माण कार्यलाई तीव्रता दिइने उनले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷०८० को बजेटमा वैकल्पिक सहायक राजमार्ग विकासका लागि ७४ करोड ७० लाख बजेट विनियोजन गरिएको छ ।
बुधबार आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश रावलले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरिएको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सिँचाई र यान्त्रीकरणको लागि ७५ करोड विनियोजन गरेको छ ।
प्रदेश सभामा आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावल बजेट प्रस्तुत गर्दै सिँचाई र यान्त्रीकरणका लागी ७५ करोड विनियोजन गरेको बताए ।