कञ्चनपुर, २८ बैशाख। दुनाटपरी बचेर कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ बन्जरियाका श्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आएकी छन्। घरको कामबाट फुर्सद पाइएका बेला उनले दुनाटपरी बनाउँछिन्।
उनका अनुसार बनाइएका ती दुनाटपरी नजिकैको गुलरिया बजार र कैलालीको धनगढी बजारमा बिक्री हुने गर्दछ। उनी भन्छिन्, ‘बाँसको सिन्का सालको पातमा गाँसेर दुनाटपरी बनाउँदै आएको छु ।यसबाट महिनामा १० हजारदेखि १५ हजार जति आम्दानी हुने गरेको छ।’
महाकाली सामुदायिक वनले दुनाटपरी बनाउने पात ल्याउनका लागि सहज गरिदिएको जनाइएको छ। उनले भनिन्, ‘पात ल्याएर फुर्सदका बेला दुनाटपरी लगाउँछु। लगाएको दुनाटपरी बिक्री गरेर आउने पैसाले समूह बचत गर्ने कार्यसँगै घरको नुन, तेल, साबुन, कपडा धुने सोडा खरिद गरेर ल्याउँछु।’
विद्यालयमा पढ्ने बालबालिकाको खर्च समेत दुनाटपरी बिक्री गरी आएको पैसाले धान्ने गरिएको छ।
घरको अत्यावश्यक कार्यका लागि समेत दुनाटपरी बेचेर आएको पैसा खर्च हुने गरेको उनले बताइन्। धेरैजसो धार्मिक कार्यका लागि दुनाटपरीको प्रयोग हुन्छ। मन्दिर, बौद्ध गुम्बालगायतमा दुना टपरीको बढी माग आउने गर्दछ।
‘पहिला एक दुनाटपरी तीन रुपैयाँमा बिक्री हुन्थ्यो। हाल मूल्य बढेर पाँच रुपैयाँमा बिक्री हुन्छ। जति बनाउन सक्यो त्यति नै फायदा छ,’ किसान चौधरीले भनिन्।
दुनाटपरी विशेष गरी सालको पात र मालुको पातको बन्ने गरेको छ। सालको पातको दुनाटपरी बढी दिनसम्म चल्ने भएकाले त्यसकै माग बजारमा बढी हुने गरेको छ।
दुनाटपरी विभिन्न प्रकारको हुने गरेको छ। जसमा बमुन्या पत्री, बोसो डोन्या, चिरी डोन्या, डोष्टी डोन्या बढी प्रचलित रहेका छन्। देख्नमा आकर्षक र ठूला आकारका दुनाटपरी ग्राहकले बढी रुचाउने गरेका छन्।
‘बजारमा दुनाटपरीको माग धेरै छ,’ श्यानीदेवीले भनिन्, ‘पुर्याउनै सकिँदैन। जति बनाए पनि बजारमा बिक्री हुन्छ। यसलाई व्यवसायीकरण गरी बजारमा ल्याउन सके बढी आम्दानी लिन सकिन्छ।’

उनले आफ्नी बुहारीलाई समेत दुनाटपरी बनाउने सीप सिकाइरहेकी छन्।
यससँगै सामुदायिक वनले उपभोक्ताको आय–आर्जनमा टेवा पुर्याउनका लागि सञ्चालन गरेको दुनाटपरी बनाउने तालिममा प्रशिक्षक भएर बीस महिलालाई सीप सिकाउने कार्यलाई निरन्तरता दिँदै आएकी छन् श्यानीदेवी। श्यानीजस्तै बिर्सना चौधरीलेसमेत दुनाटपरी बनाइ बजारमा बिक्री गर्ने गर्छिन्।
‘पहिला ग्राहक खोज्न निकै अप्ठेरो थियो। हाल ग्राहक दुनाटपरी खोज्दै घरमै आइपुग्ने गरेका छन्। घरमै आफूलाई पनि दुनाटपरी चाहिन्छ। माग आएअनुसार बजारमा समेत बेच्छौं,’ बिर्सना चौधरीले भनिन्।
थारु समुदायमा दुनाटपरी बनाउने कला पुस्तौंदेखि पुस्तान्तरण हुँदै आएको छ। धार्मिक कार्य र अनुष्ठानमा सालको पातका दुनाटपरी सामग्री राख्नका लागि परापूर्वकाल देखि नै प्रयोग हुँदै आएका छन्।
हाल यसको प्रचलन पहिला जस्तै रहेको छ । धार्मिक कार्यसँगै थारु समुदायले दुनाटपरीमा खानाका परिकार पस्केर खाने कार्यसमेत हुँदै आएको छ।
पहाडी समुदायले समेत धार्मिक कार्यमा दुनाटपरीको प्रयोग गर्दै आएका छन्। महकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशी दुनाटपरीको माग बजारमा बढ्दै गएकाले मेसिनको व्यवस्था गरी व्यावसायिक रुपमा दुनाटपरी उत्पादन गरी बजारमा बिक्री गर्ने योजना रहेको जानकारी दिए।
यस व्यवसायमा आर्थिक रुपमा विपन्न रहेका उपभोक्ताको सहभागिता गराइ आर्थिक रुपमा सवल पार्ने योजना रहेको उनको भनाइ छ।
हिन्दू धर्ममा दुनाटपरीको प्रयोग व्यक्तिको जन्मदेखि मृत्यु संस्कार सम्ममा प्रयोग हुने गरेको छ।