धनगढी,१ असार/धनगढीमा लागुऔषधसहित कञ्चनपुरका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कञ्चनपुरको भीमदत्त नगरपालिका-२ महुलियाका २० वर्षीय मनुउत्तम चौधरी र सोही ठाउँका २३ वर्षीय किरण चौधरी रहेका छन् ।
उनीहरुलाई मंगलबार धनगढी उपमहानगरपालिका २ त्रिनगर भन्सारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको साथबाट ११६ नाईट्रोभेट ट्याब्लेट फेला परेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।