धनगढी,३१ जेठ / प्रस्तावित गेटा मेडिकल कलेजमा नि:शुल्क स्वास्थय शिबिर सञ्चालन गरिएको छ। गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै दबाब स्वरुप उक्त शिविर आयोजना गरिएको हो ।
मंगलबार मध्यान्ह देखी बिभिन्न स्वास्थ्य संस्थाहरुको सहयोगमा मेडिकल कलेजको मुल गेटमा सांकेतिक रुपमा बिरामीहरुको स्वास्थ्य चेकजाँच गरिएको समितीका सदस्य प्रमोद अधिकारीले बताए।
दबाबको लागी एक महिना अघि अत्तरियामामा संघर्ष बनाइएको थियो । समितीले चरणबद्द दबाबका कार्यक्रम गर्दै आएको छ ।
सरकारले कुन मोडेलमा कलेज सन्चालन गर्ने भन्ने कुराको अझै टुङो लगाएको छैन । बजेट मार्फत भने सुदुरपश्चिम विश्वबिधालय सँगको समन्वयमा सन्चालन गर्ने भनेको छ ।