बेलौरी, ३१ जेठ/कञ्चनपुरको बेलौरी नगरपालिकाका विद्यालयमा तीन दिन गर्मी बिदा दिने निर्णय भएको छ । गर्मीले गर्दा बालबालिकाहरुलाई पठनपाठनमा अप्ठ्यारो हुनुका साथै स्वास्थ्यमा समेत असर पर्ने देखिएकाले भोलि असार १ गतेदेखि ३ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गर्मी बिदा दिने निर्णय गरिएको हो ।
वर्षे बिदाबाट कट्टी हुनेगरी १ देखि ३ गतेसम्म बिदा दिइएको नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । केहिदिन यता तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएपछि विद्यालयहरू धमाधम बन्द हुँदै आएका छन् ।