लागुऔषधसहित २ जना पक्राउ


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
लागुऔषधसहित २ जना पक्राउ

धनगढी, ३१ जेठ/ कैलालीमा प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। सोमबार राति जिल्लाको  भजनी नगरपालिका–६ बाट बर्दगोरिया गाउँपालिका–४ का २६ वर्षीय दिनेश ठकुल्ला र २५ वर्षीय यमराज शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ठकुल्लाले चलाएको सुपप्र ०१००१० प ६७२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा १५ ग्राम ५ सय ०० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जानकारी दिएको छ।  पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।