पाँच खेलाडी परिवर्तनकाे नियम स्थायी रुपमा लागू


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
पाँच खेलाडी परिवर्तनकाे नियम स्थायी रुपमा लागू

काठमाडौं, ३१ जेठ। कोरोना महामारीपछि प्रयोगमा आएको फुटबल खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम अब स्थायी रुपमै लागू हुने भएको छ ।

कोरोनाका बेला विश्वभरका फुटबल खेलहरुमा ५ खेलाडी परिवर्तन गरिन थालेको थियो । विश्व फुटबल समुदायबाट त्यसको समर्थन भएको फिफाको अध्यक्ष जियानी इन्फान्टिनोले बताए । त्यसअघि एक खेलमा ३ जना मात्र परिवर्तन गर्ने व्यवस्था थियो ।

अन्तर्राष्ट्रिय फुटबल एशाेसिएसन बोर्ड (आईएफएबी) ले पाँच खेलाडी परिवर्तनको नियमलाई स्थायी रुपमा मान्यता दिएको हो ।

कतारको दोहामा भएको १३६औं वार्षिक साधारण सभाबाट आईएफवीले उक्त निर्णयलाई मान्यता दिएको हो ।

कोभिड-१९ महामारीको समयमा खेलाडीको सुरक्षाका लागि फिफाले मे २०२० मा अस्थायी रुपमा यो व्यवस्था लागू गरेको थियो । त्यसपछि यो ठूला खेल प्रतियोगिताहरुमा समेत लागु हुँदै आएको छ ।

स्थायी रुपमा पाँच खेलाडी परिवर्तन गर्ने नियम आगामी १ जुलाई देखि लागू हुने फिफाले जनाएको छ ।

यस्तै फिफाले नोभेम्बर-डिसेम्बरमा कतार आयोजना हुने फिफा विश्वकपबाट सेमि-अटोमेटेड अफसाइड टेक्नोलोजी प्रयोगमा ल्याउने तयारी गरेको छ ।

पिफा अध्यक्ष इन्फान्टिनोले आईएफएबीको वार्षिक बैठकपछि विश्वकपमा सेमी-अटोमेटिक अफसाइड टेक्नोलोजी प्रयोग गर्ने कि नगर्ने भन्ने विषयमा विज्ञहरूले निर्णय गर्ने बताए ।