धान उत्पादनमा ७.७४ प्रतिशत ह्रास आयो : कृषिमन्त्री यादव


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
धान उत्पादनमा ७.७४ प्रतिशत ह्रास आयो : कृषिमन्त्री यादव

काठमाडौं, ३१ जेठ/कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले चालु आर्थिक वर्षमा धान उत्पादनमा ह्रास आएको बताएका छन   ।

प्रतिनिधिसभा सदस्यहरुले आगामी आर्थिक वर्षका लागि सरकारले कृषि मन्त्रालयका लागि विनियोजन गरेको बजेट शीर्षकमाथि गरेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री यादवले जो कुराको जानकारी दिए ।

‘‘केही वर्ष यता निरन्तर धान उत्पादन र उत्पादकत्वमा वृद्धि हुने क्रममा थियो ।,’’ उनले भने  , ‘‘तर, चालु आर्थिक वर्षमा भने बेमौसमी वर्षका कारण धान उत्पादनमा ७.७४ प्रतिशत ह्रास आयो ।’’

उनका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ३७ अर्ब ५५ करोड रुपियाँ बराबरको धान–चामल आयात भएको छ ।

त्यस्तै, मकै १४ अर्ब २९ करोड रुपियाँ, गहुँ पाँच अर्ब ३७ करोड रुपियाँ, आलु छ अर्ब १५ करोड रुपियाँ, प्याज दुई अर्ब १२ करोड रुपियाँ, स्याउ पाँच अर्ब सात करोड रुपियाँ, गोलभेँडा चार करोड ९७ लाख रुपियाँ, केरा एक अर्ब १६ करोड रुपियाँ बराबरको आयात भएको मन्त्री यादवले जानकारी दिए ।

हाल कृषिको राष्ट्रिय उत्पादकत्व हेर्दा मकैमा ४ प्रतिशत, जौमा १ प्रतिशत, आलु, तरकारी र फलफूलमा ४ प्रतिशत, चियामा १८ प्रतिशत, कफीमा ६० प्रतिशत, माछामा १२ प्रतिशत, अदुवामा १३ प्रतिशत, अलैंचीमा ४० प्रतिशत, लसुनमा २३ प्रतिशत र बेसारमा १८ प्रतिशत रहेको उनले  बताए  ।

त्यस्तै, उनले  विगत १० वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सरकारले औसत २.५ प्रतिशत मात्रै बजेट छुट्याएको बताए।