काठमाडौं, ३१ जेठ/ संघीय सरकारले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको छ। आइतबारको सार्वजनिक बिदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको हो।
जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो।
नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरुमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समयबिहान १०:०० देखि अपरान्ह ५:०० बजेसम्म हुनेछ।
यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म हुने छ। त्यस्तै शुक्रबारको दिन कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म हुनेछ।