पुनर्वासका विद्यालयहरुमा आजदेखि ४ दिनका लागि गर्मी बिदा


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
पुनर्वासका विद्यालयहरुमा आजदेखि ४ दिनका लागि गर्मी बिदा

बेलौरी, ३१ जेठ/ गर्मी अत्याधिक बढेपछि कञ्चनपुरको पुनर्वास नगरपालिकाले  विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै नगरपालिकाले मंगलबारदेखि चार दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

मौसम प्रतिकुल रहेका कारण विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्यको प्रतिकुल असर परिरहेको अवस्थालाई मध्यनजर गर्दै लामो बिदामा मिलान हुने गरी चार दिन बिदा दिने निर्णय गरिएको प्रशासन अधिकृत धौलराम सार्कीद्धारा हस्ताक्षर गरेको जारी सूचनामा उल्लेख गरिएको छ ।

नौ स्थानीय तह रहेको कञ्चनपुरमा निजी ३४९ र सामुदायिक २६० विद्यालय छन् । केहिदिन यता तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएपछि विद्यालयहरू धमाधम बन्द हुँदै आएका छन् ।