धनगढी, २८ बैशाख । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा इन्जिनमा समस्य देखिएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ ।
विमानस्थल स्रोतका अनुसार ८७ जना यात्रु लिएर उडिसकेको श्री एयरलाइन्सको उडान नम्बर–२२३ को जहाजको बायाँ तर्फको इन्जिनमा समसया देखिएको हो ।
उक्त जहाजको इन्जिनमा २५ माइलमा पुगेपछि समस्या देखिएको थियो ।
जहाजको इन्जिन सटडाउन गरेर आकस्मिक रुपमा सकुुसल अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।