बौद्धमा युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
बौद्धमा युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

काठमाडौं– काठमाडौंको बौद्धमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका ६ बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको हो । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गेष्ट हाउसको तेस्रो तलाको कोठामा तीन जना पुरूषले ती युवतीमाथि पालैपालो बलात्कार गरी फरार भएको भन्ने खबर प्रहरीले पाएको थियो ।

खबरपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पीडितको उद्धार गरी उपचार तथा स्वास्थ्य परीक्षणको लागि प्रसूती गृह थापाथली पु¥याएको थियो । प्रहरीले सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाही घर भई बौद्ध बस्ने ३४ वर्षीय उत्तम लामा र सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने ३४ वर्षीय आङ्निमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेको हो ।

झ्याम्पा लुङ्ता होटलका सञ्चालक हुन् । प्रहरीले उनलाई मतियार बनेको भन्दै पक्राउ गरेको हो । घटनामा प्रहरीले विभिन्न तरिका अपनाएर उनीहरूलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

प्रहरीले घटना भएको १६ घण्टाभित्रमा सबैलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को करणीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको छ । घटनाको प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।