गेटा मेडिकल कलेजमा नि:शुल्क सांकेतिक स्वास्थय शिबिर सञ्चालन गरिने


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
गेटा मेडिकल कलेजमा नि:शुल्क सांकेतिक स्वास्थय शिबिर सञ्चालन गरिने

धनगढी,३० जेठ ।  प्रस्तावित गेटा मेडिकल कलेजमा नि:शुल्क स्वास्थय शिबिर सञ्चालन गरिने भएको छ। गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै दबाब स्वरुप उक्त शिविर आयोजना गर्न लागिएको हो ।

भोली  बिहान ११ बजेदेखि सुरु हुने शिविरमा स्वास्थ्य चेकजाँच गरिने गेटा मेडिकल विश्वबिधालय सन्चालनार्थ सँघर्ष समिती अत्तरियाका अभियानकर्ता प्रमोद अधिकारीले बताए ।

गेटामा तत्काल अस्पताल सञ्चालन गरी मेडिकल विश्वविद्यालय सञ्चालनको माग गर्दै अत्तरिया र धनगढीमा विभिन्न संघर्षका कार्यक्रम हुँदै आएका छन्।

यस्तै आज नै  गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले माग गरेका छन् । सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।