भारतबाट स्वदेश फर्केका एक पुरुषको बाटैमा ज्यान गयो 


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
भारतबाट स्वदेश फर्केका एक पुरुषको बाटैमा ज्यान गयो 

धनगढी, २९ जेठ/भारतबाट स्वदेश फर्केका एक पुरुषको ज्यान गएको छ । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय धनबहादुर शाहको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकास जोशीले मृत्युको कारण भने खुल्न नसकेको बताउनु भयो ।

’भारतबाट फर्केर शाहसहित केही व्यक्ति धनगढी बसपार्कको होटेलमा बसेका थिए,’ डिएसपी जोशीले भने, ’शाह बिरामी भएपछि सेती अस्पतालमा उपचार गरिएको रहेछ । सन्चो भएपछि अछामका लागि हिडेका र कैलालीकै फल्टुडे पुगेपछि शाह फेरि बिरामी भएका रहेछन् । उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल ल्याउदा  धनबहादुर शाहको त्यहीँ मृत्यु भएको हो ।’ यता मृतकका आफन्तले भने शाहको हत्या भएको भन्दै जाहेरी दिने तयारी गरेका छन् । प्रहरीले भने मृतकको पोस्टमार्टम सेती अस्पतालमा भइरहेको र अहिले घटनाबारे बिस्तृत भन्न नसकिने जनाएको छ ।

डिएसपी जोशीले शाहसंगै आएका तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । शाहसंग आएका व्यक्ति भारतमा चोरीमा सग्लन रहेको र सोही बिषयमा उनीहरुबीच विवाद भएको पनि आशंका गरिएको छ ।