सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

धनगढी, २८ वैशाख । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।स्थानीय समयअनुसार १० बजेर १८ मिनेटमा सुदूरपश्चिमका दार्चुला, बैतडी र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

केन्द्रका अनुसार दार्चुलाबाट ३० किलोमिटर टाढा भारतमा केन्द्र बनाएर ५।३ स्केलको भूकम्प गएको हो।