बेलौरी विद्युत वितरण केन्द्रकाे लापर्वाहीले सेवाग्राही हैरान


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
बेलौरी विद्युत वितरण केन्द्रकाे लापर्वाहीले सेवाग्राही हैरान

बेलौरी, २५ जेठ/बेलाैरी विद्युत वितरण केन्द्रले विभिन्न बहानामा अनियमित लाेडसेडिङ्ग गरेर सेवा ग्राहीलाई दु:ख दिइरहेकाे छ । करिब तीन/चार महिनादेखि अनियमित लाेडसेडिङ्ग गरेर वितरण केन्द्रले दक्षिणी जनतालाई दु:ख दिइरहेकाले क्षेत्रबासी आक्राेशित भएका छन् ।

उक्त विषयमा बुधबार बेलौरी उद्योग वाणिज्य संघले कञ्चनपुर क्षेत्र नम्बर १ मा अनियमित रुपमा भईरहेको लोडसेडिङ्ग अन्त्य गर्दै नियमित विद्युत सुचारुको माग गरेको छ । वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण वितरण शाखा बेलौरीलाई ज्ञापन पत्र बुझाउँदै अनियमित रुपमा भईरहेको लोडसेडिङ्ग अन्त्य गरी नियमित विद्युत सुचारुको माग अघि सारेको हो ।

कर्मचारीकाे मनपरितन्त्रले विगत ४ महिनादेखि विद्युत लाईन विस्तारको नाममा हुँदै आएको अनियमित लाेडसेडिङ्गले बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा प्रचण्डगर्मीका बाबजुत कठिनाई झेल्दै आएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गर्मी याममा अनियमित रुपमा भईरहेको लोडसेडिङ्गले जनजिवन कष्टकर बन्नुका साथै उद्योग, व्यवसाय धरासायी भईरहेकाले वाणिज्य संघले चिन्ता व्यक्त गरेको छ ।

अर्कोतर्फ प्रचण्डगर्मीका विच आर्थिक बर्षकाे अन्तमा बजेट दोहनका लागि कार्यालयले मर्मत नाममा बजेट स्वाहा पार्ने काम गरिरहेको भन्दै वाणिज्य संघले आपत्ति जनाएको हाे ।

बेलाैरीमा विद्युतको लार्पबाहीले दक्षिणी क्षेत्रका जनताले हैरानी खेप्नु परेको छ । बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले तीनदिन भित्र विद्युत नियमित सुचारु नभए आन्दोलनको आँधीबेहरी सृजना गर्ने चेतावनी समेत दिएका छन् । भने हिउँदमा विद्युत मर्मत गर्न उपभोक्ताहरुले सुझाव दिएका छन् ।

यसबारेमा रेडियो सुदूर सञ्चार बेलाैरीले पटक-पटक ताकेता गर्दा समेत नेपाल विद्युत प्राधिकरण बेलाैरी शाखा प्रमुख कपिल पन्तले गैर जिम्मेवारी पूर्ण जवाफ दिदै आइरहेका छन् । बुधबार पत्रकार शीतल भट्ट संगकाे टेलिफोन कुराकानीमा उनले अनियमित लोडसेडिङ्ग नभएर नियमित नै भएकाे बताए ।

कहिले फाेन नउठाउने त कहिले स्विच अफ गर्ने प्रवृत्तिका प्रमुख जाेशीले अब एक साताभित्रै विद्युत कटौती रोकिने जनाए । पर्खाइकाे पीडामा रहेका स्थानीयले- तत्काल अनियमित लाेडसेटिङ्ग अन्त्य नगरे विद्युत प्राधिकरणका कर्मचारीलाई जनकार्वाही गर्ने सम्मकाे चेतावनी दिएका छन् ।

No description available.