एमाले नेता कडेँलकी धर्मपत्नीद्धारा मन्दिरलाई आर्थिक सहयोग


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
एमाले नेता कडेँलकी धर्मपत्नीद्धारा मन्दिरलाई आर्थिक सहयोग

बेलाैरी, २५ जेठ/नेकपा एमालेका नेता यज्ञप्रसाद कडेँलकी धर्मपत्नीले कालिका मन्दिर निर्माणका लागि आर्थिक सहयोग गरेकी छिन् । कडेँलकी धर्मपत्नी राधा कडेँलले बेलाैरीकाे ऐतिहासिक कालिका मन्दिर निर्माणका लागि नगद रु ११ हजार पाँच सहयोग गरेकी हुन् ।

निर्माणाधीन मन्दिरलाई चाैतर्फी सहयोग जुटिरहेका बेला आफुले पनि सक्दो आर्थिक सहयोग गरेको कडेँललाई उदृत गर्दै मन्दिर निर्माण समिति अध्यक्ष प्रकाश राज पन्तले बताए । सामाजिक कार्यमा अग्रपंक्तिमा रहने महिला नेतृ राधा माओवादी केन्द्रबाट ०७४ मा बेलाैरी नगरपालिका उपमेयर पदमा पराजित भएकि थिइन् । भने पछिल्लोपटक ०७९ काे स्थानीय निर्वाचनको मुखैमा कडेँल दम्पतीले एमाले प्रवेश गरेका थिए ।

सामाजिक कार्यदेखि राजनीतिक दाैडधुप सम्म कडेँल दम्पती बेलाैरी क्षेत्रकै चर्चित नाम हाे । यस्तै बेलाैरीकाे कालिका मन्दिर निर्माणकाे काम निरन्तर चलिरहेको बताउँदै देश विदेशबाट सक्दो सहयोग गर्न चाहने महानुभावहरुले निर्माण समिति अध्यक्ष प्रकाश राज पन्तलाई ९८४८७२६७२४ नम्बरमा सम्पर्क गरी दक्ष अनुसारकाे सहयोग गर्न अनुरोध गरिएको छ ।

करिव डेढ करोडको लागत अनुमान गरिएको मन्दिरलाई दक्षिणी क्षेत्रकै नमुना मन्दिर निर्माण गर्न लागिएको समितिले जनाइएको छ । भने कालिका माताकाे नाममा दान एवम् दर्शन गरे पुण्य कमाइने धार्मिक विश्वास रहि आएको छ ।