१९ वटै वडामा हरेक महिना नि:शुल्क स्वास्थ्य शिविर गर्ने


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
१९ वटै वडामा हरेक महिना नि:शुल्क स्वास्थ्य शिविर गर्ने

धनगढी, २५ जेठ/धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा हरेक महिना नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । भाटभटेनी सुपर मार्केटसँग समन्वय गरी स्वास्थ्य शिविर हुने भएको हो ।  धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भाटभटेनी सुपर मार्केटका अध्यक्ष कुलबहादुर गुरुङबीच आगामी पाँच वर्षका लागि बुधबार सम्झौता भएको हो।

धनगढी उपमहानगरपालिकाले आफ्ना १९ वटै वडामा महिनाको एक पटक (एक दिन) स्त्रीरोग विषेशज्ञ र फिजिसियन डाक्टरसहित नगरबासीको नि:शुल्क स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम ल्याएको हो। यस कार्यक्रम अन्तर्गत हरेक वडामा ईसिज, अल्ट्रासाउन्ड, प्रयोगशाला र अरु उपचारहरु नि:शुल्क हुनेछन।

धनगढी उपमहानगरपालिकाले स्वास्थ्य शिविरको ब्यवस्थापन गरिदिने छ भने भाटभटेनी सुपर मार्केटले पाँच वर्षसम्म दुई जना विषेशज्ञ चिकित्सकको मासिक तलब र भत्ता उपलब्ध गराउने सम्झौता भएको छ। स्वास्थ्य शिविरका लागि मेयरले चढने गाडीलाई पोर्टेबल प्रयोगशाला बनाईने भएको छ।

भाटभटेनी सुपर मार्केटले यसै जेठ २७ गते धनगढीमा आफ्नो नयाँ शाखा उद्घाटन गर्ने तयारी गरेको छ।उपमहानगरपालिकाले साउन १ गतेदेखि हरेक वडामा महिनामा एक दिन पालो पर्ने गरि नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो।