बजेट विनियोजन र समन्वयका लागि भेटघाट


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
बजेट विनियोजन र समन्वयका लागि भेटघाट

बेलाैरी, २४ जेठ । जिल्ला खेलकुद समितिद्धारा कञ्चनपुर जिल्लामा रहेका पालिका संग बजेट विनियोजन र समन्वयका लागि पहिलो पटक भेटघाट गरेका छन् ।
सोमबार जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडकाले बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना, बेलौरी नगरपालिका उपप्रमुख जोग राम चौधरी, पुनर्वास नगरपालिका प्रमुख तोय नाथ शर्मा, उप प्रमुख भुलिया कुमारी राना र लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानालाई खेलकुद गतिविधिलाई अगाडि बढाउनका लागि आवश्यक बजेट विनियोजन र जिल्ला खेलकुद विकासमा समन्वय र सहयोगका लागि भेटघाट गरि पत्र बुझाएका छन् ।

May be an image of 10 people, people sitting, people standing and indoor

पालिका प्रमुख र उपप्रमुखले भने ‘खेलाडीका लागि पहिला आवश्यक खेलमैदान बनाउनका लागि पहल कदमी अगाडि बढाउने र आगामी आर्थिक वर्षमा खेलाडीको हितमा रहेर बजेट विनियोजन गर्ने समेत प्रतिबद्धता गरेका छन् । पालिकाहरुमा रहेका विद्यालयका लाई समन्वय गरेर राष्ट्रपति रनिङ सिल्डका लागि पहल कदमी समेत अगाडि बढाउनका लागि समेत पालिका लाई समेत आग्रह गरेका छन् ।

May be an image of 8 people, people sitting and people standing

जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खडका, उपाध्यक्ष कैलाश चन्द गिरि, सदस्य धन बहादुर महता, बिष्नु जैसी महिला सदस्य दुर्गा देवी भट्ट, प्रशिक्षक प्रमुख बिमल खडायत, कार्यालय प्रमुख गोपाल दत्त भट्ट लगायतको टिमले स्थानिय तहका नवनिर्वाचित जनप्रतिनिधि संग भेटघाटगरी बधाई पनि दिएका छन ।