शिवगंगामा डुबेर एक जनाको मृत्यु


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
शिवगंगामा डुबेर एक जनाको मृत्यु

धनगढी २३ जेठ/कैलालीको शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका १७ दिपनगर स्थित शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा चुरे गाउपालिका १ सायल बस्ने अन्दाजी ३६ वर्षीय विष्णुबहादुर पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक वेदप्रकास जोशीले बताए।