धनगढी, २३ जेठ/कैलालीको घोडाघोडी नगरपालिकामा एक महिलालाई आक्रमण गर्ने घाइते चितुवालाई नियन्त्रणमा लिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले आक्रमण गर्ने घाइते चितुवालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय पहलमानपुर गोकुल रिजालले बताए ।
चितुवाको खुट्टा र ढाडमा चोट लागेको र उपचार, पुनः स्थापनाका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको रिजालले जानकारी दिए । सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा वडा नम्बर –८ लठुवाकी ५४ वर्षीया बिस्णा बोहरा चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । उनलाई मुख, हात र टाउकोमा चोट लागेको थियो । बोहराको अहिले घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।